Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

लक्ष्मी न्यू इनर्जीले सञ्चालनमा ल्यायाे सर्भिस सेन्टर

लक्ष्मी न्यू इनर्जीले सञ्चालनमा ल्यायाे सर्भिस सेन्टर

  • काठमाडाैं । नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images
    लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ । सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आइसकेको छ ।

    हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो ।

    सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् ।

    सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij