Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा प्युठान घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।
    पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुनजस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।

    साथै बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थान सहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij