Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई नियुक्त

राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई नियुक्त

  • काठमाडौं । नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ ।

    images
    images
    images

    पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो ।

    images

    सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’ ओलीले प्रमुख सचेतक पदमा नियुक्त भएकोमा भट्टराईलाई हार्दिक बधाई समेत दिएका छन् ।

    प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतको पद रिक्त भएको थियो ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij