Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

  • काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ ।

    images
    images
    images
    राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए ।

    ‘नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका विभिन्न क्षेत्रका स्थापित र सक्षम युवाहरुको बृहत भेला, एकता र सहकार्यमार्फत, नयाँ विचार, युवाको क्षमता बिकास, साझा एजेण्डा, देशमै रोजगारी सृजनाको वातावरण, उद्यमशिलता र नवप्रवर्द्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा सङ्कल्प गर्नु हो’, संयोजक शाहीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij