
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
सर्वोच्चको आदेशसँगै काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि मुद्दा थप चर्किएको छ ।
आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij