Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

गर्भिणी गाई काटेर खाएको आरोपमा ४ जना पक्राउ

गर्भिणी गाई काटेर खाएको आरोपमा ४ जना पक्राउ

  • काठमाडौं । झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    २ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका-४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका-१ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर खाएको आरोप छ ।

    उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको प्रहरीले जनाएको छ । गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको पनि प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij