
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब ११:३० बजेदेखि नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको हो ।
सर्ट सर्किट भएर आगलागी भएको जनाइएको छ । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij