Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

  • काठमाडौं । जिल्लाको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुर्दा पुरिएका वडा सदस्य दम्पतीको शव निकालिएको छ ।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार वडा सदस्य दम्पतीको शव आइतबार बिहान निकालिएको हो । गएराति आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका-६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पुरिएको थियो । जहाँ पति-पत्नीसमेत पुरिएका थिए ।

    बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए ।

    यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ पठाइएको छ । उनी उपचाररत छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij