
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।
बिहीबार दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश जारी/ गर्ने विषयमा छलफल हुन लागेको हो । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।
प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए ।
एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij