Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

तुलसीपुरका मेयर र उपमेयर फुटपाथ खाली गर्न सडकमा निस्किए

तुलसीपुरका मेयर र उपमेयर फुटपाथ खाली गर्न सडकमा निस्किए

  • काठमाडौं । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित बजार अनुगमन गरेका हुन् ।

    images
    images
    images

    बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गर्‍यो । तर,उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान नै जफत गरिएको छ ।

    बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो ।’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सडकपेटीमा होइन ।  त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

    अबदेखि बजारमा सटर भन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । आज सचेत गराइएको र फेरि जाँदा सटर भन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरीवाना समेत गरिने उनले बताइन् ।

    सटकपेटीमा सामान राख्नाले यात्रुबीच सडकमा हिडुनुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । बजारलाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij