
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । ललितपुर ठैबबाट जुवातास खेल्ने ८ युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij