Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सहकर्मीले रडले हान्दा भरतपुर विद्युत् सवस्टेशनका एक कर्मचारी घाइते

सहकर्मीले रडले हान्दा भरतपुर विद्युत् सवस्टेशनका एक कर्मचारी घाइते

  • काडमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा बागमती प्रदेश डिभिजन कार्यालय अन्तर्गतको भरतपुर सवस्टेशनका एक कर्मचारीले सोही कार्यालयको अर्को कर्मचारीलाई रडले टाउकोमा हानेका छन् ।

    images
    images
    images
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार भरतपुर वितरण केन्द्रका इलेक्ट्रोनिक फोरम्यान पोषण खड्कालाई इलेक्ट्रोनिक सुपरभाइजर मनिष पुरीले रडले हानेका हुन् ।

    पुरी र खड्का दुवैले रात्रिको समयको ड्युटी सकेर मङ्गलवार बिहानै साढे ६ बजे कार्यालय परिसरमा नै धारोमा हात धोइरहेको अवस्थामा पुरीले रडले हानेका जनाइएको छ । सुपरभाइजर पुरीले हानेको रडले फोरम्यान खड्काको टाउकोमा गहिरो चोट लागी भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    खड्काले जिल्ला प्रहरी कार्यालयमा मङ्गलवार नै निवेदन दिए पनि निवेदन गए पनि प्रहरीले घटना भने सार्वजनिक गरेको थिएन । प्रहरी प्रमुखले नै कुटपिटको घटना भएको तीन दिन भइसके पनि कारण भने बुझ्न नपाएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij