
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी)को अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सोल्टी होटेलमा सम्पन्न भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको साधारण सभाबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्यक्रममा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।
आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि उनले जोड दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij