
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । धरान नगरपालिका माछाभौडीमा ज्वाइँले सासू र सालीलाई छुरा प्रहार गरेका छन् । आज दिउँसो माछा भौडीमा बस्दै आएकी सृजना शाही र युजिना शाहीमाथि छुरा हानिएको थियो । छुरा हान्ने ज्वाइँ भएको खुलेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका सृजना शाही र शाली युजिना शाहीलाई उपचार गर्न बिपी प्रतिष्ठान पुर्याइएको छ । छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
युजिनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बिपी प्रहरीले जनाएको छ । के कारणले छुरा प्रहार गरियो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij