Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना

  • काठमाडौं । भारतमा नेपाली तीर्थयात्री बोकको बस दुर्घटना भएको छ । बिहारको समस्तीपुरमा आइतबार बिहान बस दुर्घटना भएको हो ।
    बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो । बसमा ४३ यात्री सवार रहेको र उनीहरू देवघरतर्फ गइरहेका थिए ।

    images
    images
    images

    दुर्घटनामा परेको बस ना७ख ६४४६ नम्बरको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको बताइएको छ ।

    ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको र दुर्घटनामा कम्तीमा ३५ जना तीर्थयात्री घाइते भएको जनाइएको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ ।

    ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

    एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij