Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड !

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड !

  • काठमाडौं । बुटवलको डेल्टा मार्ट परिसरमा आज आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।

    images
    images
    images
    मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको हो ।

    नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो ।

    मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालका अनुसार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij