Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो, २५ यात्रु घाइते

मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो, २५ यात्रु घाइते

  • काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२७ स्थित १७ किलो भन्ने ठाउँमा यात्रु बस दुर्घटनामा परेको छ ।

    images
    images
    images

    रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि शुक्रबार दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित हुँदा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

    बस पल्टँदा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजना अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

    घाइतेहरूको भरतपुरको सरकारी अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij