Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सप्तरीको हनुमाननगर तनावग्रस्त !

सप्तरीको हनुमाननगर तनावग्रस्त !

  • काठमाडौं । बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ । बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।

    images
    images
    images

    जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

    ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    अहिले घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij