Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सहकारी छानबिन समितिले लियो हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग बयान

सहकारी छानबिन समितिले लियो हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग बयान

  • काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले तत्कालीन हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ ।

    images
    images
    images

    सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको हो ।

    तत्कालीन अवस्थामा हाम्रो ग्रुप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करौडौंको ठगी गरेको थियो । ठगी प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोहि कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।

    पौडेल आफूलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ता रुपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

    कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए । सहकारी बचत रकम दुरुपयोगको छानविन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij