Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पहिरोले गोठ पुर्दा वस्तु जोगाउन गएका युवकको मृत्यु

पहिरोले गोठ पुर्दा वस्तु जोगाउन गएका युवकको मृत्यु

  • काठमाडौं । अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक युवकको मृत्यु भएको छ । शितगंगा नगरपालिका- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    images
    images
    images
    पहिरो खस्न थालेपछि गाईवस्तु फुकाउन गोठमा पसेका थापालाई पहिरोले पुरेको थियो । पहिरोले पाडो र दुई बाख्रासमेत च्यापिएका छन् ।

    घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको वडाअध्यक्ष दुर्गाबहादुर बिसीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij