Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जनाको मृत्यु

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जनाको मृत्यु

  • काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    आइतबार राति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए ।

    उनका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका छन् । उनीहरु केही समान्य घाइते भएका छन् । पहिरोले पुरिएर काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको केसीले जानकारी दिए ।

    घटनालगत्तै नजिकको प्रहरी युनिटबाट बुङ्गलबाट वरिष्ठ सई बीरबहादुर ढगुन्नाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो । यसैगरी सोमबार बिहान बझाङ जिल्लाका सहायक सीडीओ, डीएसपी फणीन्द्र भण्डारी र रेडक्रसको टोली घटनास्थलतर्फ गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij