Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सिरहाबाट सुनचाँदीका गहनासहित एक युवक पक्राउ

सिरहाबाट सुनचाँदीका गहनासहित एक युवक पक्राउ

  • काठमाडौं । सुनचाँदीका गरगहनासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा पाँचथरको आरुबोटे नगरपालिका-५, बाजघरा स्थायी घर भई हाल झापा जिल्लाको दमक बस्ने २८ वर्षीय रोशन बराइली छन् । उनको साथबाट सुन र चाँदीका गरी साढे ५ लाख बराबरको अवैध गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

    प्रहरीले उनको प्रदेश-१-०१-०१४ प ४६२५ नम्बरको अपाचे मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सिरहाबाट चोहर्वातिर गइरहेका उनलाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट बिना बिलबिजकको उक्त अवैध गरगहना बरामद भएको थियो ।

    यस विषयमा थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्ति, गरगहना तथा मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय, इटहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij