Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पहिरोले पुरिएर एक वृद्धको मृत्यु

पहिरोले पुरिएर एक वृद्धको मृत्यु

  • काठमाडौं । लिबाङमा अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान पहिरोले लिबाङस्थित चर्च भत्किँदा महिलाको मृत्यु भएको हो ।

    images
    images
    images

    रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षकी धनजिता बुढा मगरको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए ।

    उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ वर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् । उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको छ ।

    उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij