
May 15 2025 | २०८२, जेठ १ गते
काठमाण्डौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको नयाँ निर्माण हुने प्रशासकीय भवनका लागि सम्बन्धित निकायसँग बजेट माग गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले बस्ती विकास आयोजना सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीमाङ्कन भएका क्षेत्रहरूको बस्ती विकास गर्ने प्रयोजनका लागि क्रमशः डीपीआर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij