Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री सिनावात्रा बनिन् !

थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री सिनावात्रा बनिन् !

  • काठमाडौं । थाइल्याण्डको संसद्‌ले पेतोङत्रान सिनावात्रालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको छ । सिनावात्रा पूर्व थाई नेता र अर्बपति ताक्सिनकी छोरी हुन् ।

    images
    images
    images

    ३७ वर्षीया सिनावात्रा थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।

    आन्टी यिङलक थाइल्याण्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन् । संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

    सिनावात्रा र पूर्व प्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन् । सन् २०२३ को चुनावमा सिनावात्रा दोस्रो स्थानमा रहेकी थिइन् ।

    सिनावात्राको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् । उनका बुबा ताक्सिन र काकी यिङलकसहित अन्य तीन प्रधानमन्त्रीले कू वा संवैधानिक निर्णयका कारण राजीनामा दिनुपरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij