Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पहिरोको उच्च जोखिममा खाँदबारीका ८ घर 

पहिरोको उच्च जोखिममा खाँदबारीका ८ घर 

  • काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा ८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र पहिरो भएको ठाउँमा दुई वटा ठूला–ठूला ढुङ्गा रहेको कारणले पहिरोसँगै ढुङ्गा खस्ने खतरा बढेको छ ।

    images
    images
    images

    लगातार वर्षा भइरहेकाले पहिरो जुनसुकै समय खस्न सक्ने खतरा रहेको स्थानीय रामबहादुर गुरुङले जानकारी दिए । उनले पहिरोका कारण रातमा निन्द्रा नलाग्ने गरेको गुनासो गर्दै ढुङ्गा हटाउन पालिकाले सहयोग गर्नुपर्ने बताए।

    पहिरो रोकथामका लागि अघिल्लो वर्ष तारजालीसहित पर्खाल लगाए पनि समस्याको समाधान भएको छैन । पहिरोको जोखिम बढेको खवर आएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे, लगायतले अवलोकन गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij