
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।
कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij