Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

  • काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत् ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-२ घर भएका २१ वर्षिय शुभम साह र सोही जिल्लाका गौर नगरपालिका-३ का २३ वर्षिय सत्यमकुमार सहनी छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

    उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपहरूबाट ईसेवा वालेटलगायत विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

    उनीहरूविरूद्ध प्रहरीमा २२ जनाले उजुरी दिएका छन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij