
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । अर्घाखाँचीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन । अर्घाखाँचीको ताराखसेकी ६५ वर्षिय तेजकला पौडेललाई अज्ञात ब्यक्तिले गत शुक्रबार बेलुका धारिलो हतियार प्रहार गरेको थियो ।
घाइते पौडेलको टाउको,गाला,गर्धनमा चोट लागेको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचारपछि गएराति थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।
घटनाको अनुसन्धान भैरहेको उनले बताए । घरमा एक्लै बस्दै आएकी पौडेलका एक छोरा रोजगारीको लागि विदेशमा छन भने एक छोरीको विवाह भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij