Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

‘न्यूरोड’ को फुटपाथ विस्तार गर्ने कार्यबाट महानगर पछि हट्यो !

‘न्यूरोड’ को फुटपाथ विस्तार गर्ने कार्यबाट महानगर पछि हट्यो !

  • काठमाडौं । स्थानीयको विरोधपछि महानगरपालिका फुटपाथ विस्तार गर्ने कार्यबाट पछि हटेको छ ।

    images
    images
    images

    व्यापारी र स्थानीयवासीको विरोध चर्किएपछि तत्कालका लागि महानगर पछि हटेको हो । महानगरले फुटपाथ विस्तार गर्न लगेका डोजर समेत त्यहाँबाट हटाएको छ ।

    यो सँगै फुटपाथ विस्तार पनि अलपत्र परेको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर अहिले अलपत्र अवस्थामा छ ।

    गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको हो । तीन दिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर न्यूरोडबाट हटाइएको हो ।

    शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेका थिए । विरोधमा उत्रिएकाहरु रातभर टेन्ट टाँगेर त्यही बसेका थिए ।

    महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन नसकेपछि डोजर फिर्ता बोलाएको हो । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजन पनि फुटपाथ विस्तारको विरोधमा उत्रिएका छन् ।

    यसअघि पनि अवरोध हुँदा महानगरले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

    अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि महानगर पुनः फुटपाथ विस्तारमा अघि बढेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij