Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

यी दम्पत्तीले गरेका थिए कुखुरा फर्म सञ्चालकको हत्या !

यी दम्पत्तीले गरेका थिए कुखुरा फर्म सञ्चालकको हत्या !

  • काठमाडौं । मोरङमा कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा प्रहरीले दम्पत्तीलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ कुमार गाउँस्थित एक तले कुखुरा फर्ममा सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

    images
    images
    images

    बिहीबार बिहान साढे १० बजे सुन्दरहरैँचा-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका-४ हाटखोलाका ३६ वर्षीय सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरेको हो । 

    उनीहरू सोही कुखुरा फर्ममा काम गर्थे । घटनापछि फरार भएका उनीहरूको प्रहरीले खोजी थालेको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेजबहादुर दाहालको कमाण्डमा खटिएको टोलीले धरान उपमहानगरपालिका-१२ स्थित बलभद्रेश्वर मन्दिर अरूणादय धर्मशालाको गेष्टहाउसबाट पक्राउ गरेको हो ।

    उनीहरूबाट प्रहरीले मृतकको मोबाइल फोन पनि बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनीहरूले नै हत्या गरेको खुलेको छ । उनीहरूले बञ्चरो र दाउ प्रहार गरेको एसपी कार्कीले बताए ।

    ‘पुरुषले हत्याबारे स्वीकारेका छन्। घटना मध्यरातितिर भएको रहेछ । महिला चाहिँ घटना भइसकेपछि त्यहाँ पुगेको भनेर भनेका छन्,’ एसपी कार्कीले भने ।

    यद्यपि उनीहरूले हत्या गर्नुपर्ने कारण भने नखुलाएको एसपी कार्कीले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij