Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

विदेशिक प्रलोभनको लोगमा ठगी, दुई जना पक्राउ

विदेशिक प्रलोभनको लोगमा ठगी, दुई जना पक्राउ

  • काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका१० घर भएका ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका२ घर भएकी २७ वर्षीया सिर्जना कार्की छिन् ।

    images
    images
    images

    उनीहरूले सर्विया र रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए ।

    images

    सुवालले ३ लाख र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कानुनी कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij