
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाण्डौ । नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुगेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएसँगै गोताखोरको सङ्ख्या एक सय १० पुगेको हो ।
चितवनको इच्छाकामना–४ कुरिनघाटको त्रिशूली नदी किनारमा शिक्षालयले गएको जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागी भएका थिए ।
कार्यक्रममा विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमानदारीका साथ मानव सेवामा समर्पित गर्न बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आग्रह गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij