
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीको स्वास्थ्य बिग्रिएपछि उनलाई दिल्लीको अपोलो अस्पतालमा भर्ना गरिएको छ ।
उनको अवस्था अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ । अपोलोका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा.विनीत सुरीको निगरानीमा उनको उपचार भइरहेको छ ।
यसअघि बुधबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । आडवाणी कुन रोगबाट ग्रसित छन् भन्नेबारेमा केही खुलाइएको छैन ।
आडवाणी सन् १९९८ देखि २००४ सम्म वाजपेयी सरकारमा गृहमन्त्री र २००२ देखि २००४ सम्म उपप्रधानमन्त्री थिए । उनी २००९ को आम चुनावमा बीजेपीको प्रधानमन्त्री पदका उम्मेदवार थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij