Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

  • काठमाडौं । बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो ।

    images
    images
    images

    बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ ।

    images

    विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

    दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij