
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला दोस्रो पटक निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो ।
यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए ।
सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो ।
बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् ।
भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij