Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

न्युरोडका सुन चाँदी व्यवसायी आन्दोलित

न्युरोडका सुन चाँदी व्यवसायी आन्दोलित

  • काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सञ्चालित सुन चाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । भन्सार दर वृद्धि गरिएको, अवैध मार्गबाट आएको सुन चाँदीलाई रोक्नु पर्ने लगायका माग गर्दै व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    images
    images
    images

    बुधबार नेपाल राष्ट्रिय सुन चाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले न्यूरोड क्षेत्रमा प्रदर्शन गरेको हो ।

    images

    व्यवसायीहरुले सरकारले भन्सार दर १५ % बाट २० % वृद्धि गरेको, सुनचाँदी सम्बन्धी ऐन नियम, निर्देशिका हालसम्म प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखिएको भन्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गरेका छन् । व्यवसायीले २% विलासिता कर खारेज गर्न माग गरेका छन् ।

    उनीहरुले व्यवसायीलाई नि:संकोच व्यवसाय गर्ने वातावरण सृजना गर्न माग गरे । व्यवसायीले सुन अनुत्पादक र विलासिताको बस्तु नभएको भन्दै काँचो सुन खरीद गर्न पाउने नीतिगत व्यवस्थाको माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij