
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ ।
‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।
उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij