Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनसहित ३ जना पक्राउ

सुनसहित ३ जना पक्राउ

  • काठमाडौँ । भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङ रहेका छन् ।

    images
    images
    images

    कतारबाट काठमाडौँ आएका मोहम्मद दिलसाद खाँको साथबाट ९ लाख ९९ हजार मूल्य पर्ने भन्सार छलीको सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । परियार र गुरुङ सुन सङ्कलन गर्न जाँदा पक्राउ परेका हुन् । उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी भट्टराईले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij