
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीमा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले सूचना आधारमा १८ वर्षीय कुबेर गिरीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका गिरी गाउँमा झै–झगडा गर्ने साथै पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो ।
घरमा लुकाई राखेको अवस्थामा एक थान पेस्तोलसहित गिरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij