
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराका अनुसार चौधरीलाई १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij