
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । रौतहटमा आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन् । जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने ३४ वर्षीय मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो ।
लहेरीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij