
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल इन्टरनेशनल टुरिजम एक्पोमा आफ्नो भौगोलिक क्षेत्रभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेको छ । शुक्रबार र शनिवार काठमाडौँको प्रदर्शनी स्थल, भृकुटी मण्डपमा जात्रा पर्वसँग सम्बन्धित बस्तु तथा सामग्री, मूर्ति, प्रतिमा र बिम्ब, कला र जीवनशैलीसँग सम्बन्धित जीवन्त प्रदर्शनी गरिएको थियो ।
सम्पदा पर्यटनका लागि सम्पदा तथा पर्यटन विभागले, सांस्कृतिक तथा ऐतिहासिक महत्व र सामाजिक पहिचानसँग जोडिएका वस्तु, स्थानसहित प्रदर्शनी गरेको हो ।
प्रदर्शनीका सन्दर्भमा संयुक्त शुभकामना दिँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, प्रदर्शनी गरिएका कलाकृति, फोटो, प्रदर्शन र कथालाई जीवन्त इतिहासको प्रमाणका रुपमा उधृत गर्दै, काठमाडौँको पहिचानलाई परिभाषित गर्ने सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक मूर्त अमूर्त सम्पदाका रोचक पक्ष प्रवर्धन गरेर राष्ट्रिय, अन्तरराष्ट्रिय पर्यटकलाई चाखलाग्दा ठाउँका विषयमा जानकारी प्राप्त हुने अपेक्षा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij