
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । धनुषामा आठ दिनदेखि बेपत्ता एक युवती मृत भेटिएकी छन् । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा भेटिएको हो ।
वेपत्ता भएदेखि खोजी जारी गरिएपनि यादवको शव गएराति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा प्रहरीले फेला पारेको हो ।
उनको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले श्रीमानलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij