
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । मकवानपुरको हेटौडामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध परिएको छ । गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका-९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिई मोटरसाइकलमा सबार हेटौँडा-८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।
प्रहरीलाई पटक-पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।
मृतक अधिकारीको श्रीमान् गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ । उनीहरूले हेटौँडा-९ को औद्योगिक क्षेत्र अगाडि राजमार्ग अवरोध गरेका हुन् । उक्त क्षेत्रमा अहिले प्रहरी पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij