
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा झोलुङ्गे पुलको लट्ठा चुँडिदा खच्चरहरू अड्किएपछि नेपाली सेनासहितको टोली उद्धारको लागि घटनास्थलतर्फ गएका छन् ।
आठबीस – ४ खिड्किज्युला र अछामको विनायक नगरपालिका– ९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि अड्किएका खच्चरको उद्धारको लागि दुवै जिल्लाबाट प्रहरी टोली घटनास्थल गएका छन् ।
दैलेखबाट नेपाली सेनासहितको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी सन्तोष विकले नेपालभ्युजलाई बताए ।
उनले भने, ‘‘घटनास्थल सदरमुकामबाट झन्डै ५० किलोमिटर टाढा छ । यसैले सेनाको उद्धार टोली जान समय लाग्छ । नजिकका प्रहरी चौकीबाट प्रहरी पनि गएका छन् ।’’
इलाका प्रहरी कार्यालय राकम कर्णाली, काले डाँडाका प्रहरी टोली घटनास्थल गएका छन् ।
घटनास्थलमा पुलमा यात्रारत १४ खच्चर पुलमै अड्किएका छन् । तिनीहरूको अवस्था जोखिमपूर्ण छ । बिहान साढे १० बजेदेखि भारिसहितका खच्चर झुन्डिइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij