Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

न्यूरोडको विवादमा कांग्रेसले संघीय सरकारलाई भन्यो : बालेनलाई काम गर्न किन नदिने ?

न्यूरोडको विवादमा कांग्रेसले संघीय सरकारलाई भन्यो : बालेनलाई काम गर्न किन नदिने ?

  • काठमाडौं :  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लाई काम गर्न दिन आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा सांसद कान्तिका सेजुवालले बालेनलाई काम गर्न दिन सभामुखमार्फत रुलिङको माग गरेकी हुन् ।

    images
    images
    images

    काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन् ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कि त हामी खारेज गरौं, हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ सेजुवालले भनिन्,‘त्यो न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो ?

    फराकिलो गर्नलाई, फुटपाथका व्यापारी, श्रमजीवीलाई काम गर्न नदिने ? मजदूर हिँड्न नदिने ? बालेनको जुन उद्देश्य र भिजनलाई, कामलाई हामी समर्थन गर्छौ । म समर्थन गर्छु ।’

    उनले संघीय सरकारको पैसा बढी भए कर्णालीमा सडक बनाउन लगाउन आग्रह गरिन् । काठमाडौं महानगरसँग स्रोत साधन भएकाले काम गर्न दिनुपर्ने धारणा राखिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij