Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

सुनसरी एमाले अध्यक्ष खनालको निधन

सुनसरी एमाले अध्यक्ष खनालको निधन

  • काठमाडौं । नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

     खनाल नेकपा एमाले सुनसरीको पन्ध्र दिन अघि भएको आठौँ अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय खनाल वराहक्षेत्र नगरपालिकाको पूर्व संस्थापक मेयर हुनुहुन्थ्यो ।

    लामो समयदेखि जन्डिसका बिमारी रहनुभएको खनाल भारतमा उपचार गराउँदै आउनु भएको थियो । खनालका श्रीमतीसहित एक छोरा र एक छोरी हुनुहुन्छ ।

    वराहक्षेत्र नगरको संस्थापक मेयरको निधनको खबरले सिङ्गो वराहक्षेत्र नगर अहिले शोकमा डुबेको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij