Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बिदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

बिदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

  • काठमाडौं । विदेशपठाइदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् ।

    images
    images
    images

    आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएका हुन् । उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए ।

    काठमाडौँको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् । राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको एसपी रेग्मीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij