Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

मधेश सरकार जोगाउन उपेन्द्रको अन्तिम कसरत, देउवा निवासमा भेला भए माधव नेपालसहितका नेता

मधेश सरकार जोगाउन उपेन्द्रको अन्तिम कसरत, देउवा निवासमा भेला भए माधव नेपालसहितका नेता

  • काठमाडौं । पार्टी विभाजनको मारमा रहेका जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकार जोगाउनुपर्ने चूनौतिको सामना गरिरहेका छन् । उनी नेतृत्वको दलबाट मधेश सरकारको नेतृत्वमा यतिवेला सरोजकुमार यादव छन् । मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिन लागेका छन् ।

    images
    images
    images

    तर, विश्वासको मत लिने अघिल्लो दिनसम्म पनि उपेन्द्रले पार्टीको पक्षमा बहुमत जुटाउन सकेका छैनन् । अहिले उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ खोजिरहेका छन् । यादवले माधव नेपालको पनि साथ मागेका छन् । नेपाल यतिवला केन्द्रमा एमाले–माओवादी गठबन्धनमा छन् ।

    तर, मधेशमा भने जसपा, नेपालको नेतृत्वको सरकारमा सामेल छन् । देउवा निवासमा यसअघि पनि मधेश सरकार जोगाउने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा देउवा र उपेन्द्र यादवको अलावा माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

    आजपनि यी चार नेता बुढानिलकण्ठस्थित् देउवा निवासमा भेला भएका छन् । माधव नेपालसँग हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक छलफल गरेका थिए ।

    नेपालले पार्टीको बैठक राखेर आफूहरु सत्ता गठबन्धनबाट दायाँ बायाँ नहुने स्पष्ट पारेका छन् । तर, सुदूरपश्चिम प्रदेश सरकारमा एमाले र माओवादी सहभागी नभए मधेश सरकार बनाउन सहयोग नगर्ने उनको चेतावनी छ । सत्ता गठबन्धनमा नेपालको असन्तुष्टिलाई उपयोग गर्ने उपेन्द्रको रणनीति छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij